सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनको लागि स्थानीय सरकारको पदाधिकारी सँग समन्वय बैठक सम्पन्न
September 21, 2022/ धुलिखेल नगरपालिकाको नेतृत्वमा, स्थानीय सेवा प्रदायक संस्था सिविक फोरमको सहजीकरणमा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनको लागि स्थानीय सरकारको पदाधिकारी सँग समन्वय बैठक, धुलिखेल नगरपालिकाको नगर प्रमुख श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा, नगर उप-प्रमुख श्री निराजन जंगम ज्यूको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगर ज्यू, धुलिखेल नगरपालिकाको १२ वटै वडाको वडा अध्यक्ष ज्यूहरु, सामी फोकल पर्सन श्री विदुर गौतम ज्यू, र प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार संयोजक श्री सम्झना शर्मा नेपाल ज्यूको गरिमामय उपस्थितिमा २०७९ भाद्र ५ गते सम्पन्न भयो । कार्यक्रममा स्थानीय सेवा प्रदायक संस्था सिविक फोरमको कार्यक्रम संयोजक श्री वसन्त कुँवरले सामी कार्यक्रमको बारेमा विस्तृत जानकारी, आ.व.२०७९/८० को कार्यक्रमको बार्षिक लक्ष्य तथा बजेटको व्यवस्थाको बारेमा र सामी कार्यक्रमको चालु आ.व.२०७९/८० को श्रावण र भाद्रको प्रगति विवरण प्रस्तुतीकरण गर्नु भएको थियो भने समन्वय बैठकमा पुरुष १९ जना र महिला ६ जना गरी जम्मा २५ जनाको उपस्थिति रहेको थियो ।